आयुष्मान र विक्कीलाई अमिताभ बच्चनको विशेष बधाई 

खरीबोट

मुम्बई । हालै नेशनल अवार्ड जितेका बलिवुड अभिनेताहरु आयुष्मान खुराना र विक्की कौशलले सरप्राइज बधाई पाएपछि खुशी व्यक्त गरेका छन् ।

आयुष्मान र विक्कीलाई बलिवुडका महानायक अमिताभ बच्चन र जया बच्चनले नेशनल अवार्ड जितेकोमा बधाई दिदै फुलको बुके र शुभकामना कार्ड पठाएपछि दुवै अभिनेताले सामाजिक संजालमार्फत खुशी व्यक्त गरेका हुन् ।

अमिताभ र जयाले पठाएको कार्ड र बुकेको तस्बीर सार्वजनिक गर्दै विक्की कौशलले लेखेका छन्- यो मेरो लागि दुनिया हो, बच्चन स्र र जया म्याम शुक्रिया ।

त्यस्तै आयुष्मान खुरानाले लेखेकेका छन् – यस सदिका महानायक से जब तपाईलाई राष्ट्रिय पुरस्कार मिलेपछि उपलब्धिमा प्रसंशा मिल्छ यो राष्ट्रिय पुरस्कारभन्दा कम छैन । धन्यवाद अमिताभ स्र जया म्याम ।

कुनै पनि फिल्ममा राम्रो अभिनय र अवार्ड जितेपछि अमिताभले बधाई नोट र बुके पठाउने गर्दछन । यस अघि अमिताभले रणवीर सिंह, दीपिका पदुकोने र तापसी पन्नुलाई पनि यस्तै बधाई नोट र बुके पठाई सकेका छन् ।

अघिल्लो साता घोषणा गरिएको भारतको २०१८ को नेशनल अवार्डमा फिल्म अन्धाधुनका लागि आयुष्मान खुराना र फिल्म उरीबाट विक्की कौशलले बेस्ट अभिनेताको नेशनल अवार्द्द जितेका थिए ।   
 
 

सम्बन्धित समाचार

बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास 

मुम्बई । बहुबाली फेम अभिनेता प्रभास दुई बर्षपछि नयाँ फिल्म 'साहो' को रिलिजको तयारीमा रहेका छन् । अहिले प्रचारमा व्यस्त रहेका प्रभास साहोमा श्रद्धा कपुरसँग काम गरेका गरेका छन् ।

माफी मागेपछि मीका सिंहको प्रतिबन्ध हट्यो

मुम्बई । चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हटाइएको छ । मीका सिंहले केहिदिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको

सलमानको दबंग-३ को रिलिज मिति घोषणा, चार भाषामा हुदै छ रिलिज

मुम्बई । बलिवुडका दबंग खान सलमान खानकोदबंग सिरिजको तेस्रो फिल्मको रिलिज मिति घोषणा गरिएको छ । दबंग-३ को रिलिज आगामी डिसेम्बर २० मा हुने सलमान आफैले घोषणा गरेका छन् । दबंग-३ हिन्दीका

ज्याक्लिन र साजिद फेरी नजिकिए !

मुम्बई । बलिवुडमा एक समयका चर्चित जोडी अभिनेत्री ज्याक्लिन फर्नानडीज र निर्देशक साजिद खान फेरी एक भएका छन् । मुम्बई मिररका अनुसार ब्रेकअप पछि टाढिएको यो जोडी पछिल्लो केहि समयदेखि फेरी


z