पहिलो दिन रोज टेलरले न्युजील्याण्डलाई सम्हाले, धनन्जयले लिए पाँच विकेट

खरीबोट

काठमाडौँ । श्रीलंका र न्युजील्याण्डबीचक ओपहिलो टेस्टको पहिलो दिन बर्षाले प्रभावित खेलमा न्युजील्याण्डले औसत सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाएर २०३ रन बनाएको छ । बर्षाले खेल प्रभावित हुदा पहिलो दिन केवल ६८ ओभरको खेल मात्र भएको छ ।

न्युजील्याण्डका लागि रोज टेलरले ८६ रन बनाएर अविजित रहेका छन् । त्यस्तै हेनरी निकोल्सले ४२ रन बनाएर आउट भए भने जीत रावलले ३३ र टम लाथमले ३० रन बनाएर आउट भए ।

न्युजील्याण्डका कप्तान केन विलियाम्सन भने यस खेलमा खाता नै नखोली केबल ३ बल खेलेर आउट भए । त्यस्तै बिजे वाटलिंग एक रन बनाएर आउट भए । अहिले मिचेल सान्टनर ८ वन बनाएर टेलरलाई साथ् दिईरहेका छन् ।

त्यस्तै न्युजील्याण्डका सबै विकेट श्रीलंकाका बलर अकिला धनन्जयले लिएका छन् ।

श्रीलंका भ्रमणमा रहेको न्युजील्याण्डले टेस्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध २ टेस्ट  र तीन टी-२० खेल खेल्ने छ ।      
 

सम्बन्धित समाचार

इशान्त शर्माको घातक बलिङपछि टेस्ट भारतको नियन्त्रणमा

काठमाडौँ । वेस्टइन्डिज र भारतबीच शुरु भएको पहिलो टेस्टको दोस्रो दिन भारतले उत्कृष्ट खेल देखाउदै आफ्नो नियन्त्रणमा राखेको छ । पहिलो इनिंगमा २९७ रनमा अल आउट भएको भारतले बलर इशान्त शर्माको

रहाने र राहुलले भारतलाई पहिलो दिन बचाए

काठमाडौँ । वेस्टइन्डिज र भारतबीच शुरु भएको पहिलो टेस्टमा पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाउदै २०३ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो

वेस्टइन्डिजविरुद्धको टेस्टमा विराटमाथि सबैको नजर, टुट्न सक्छन् यी रेकर्ड

काठमाडौँ । वेस्टइन्डिज टुरमा रहेको भारतीय क्रिकेट टिमले आजदेखि पहिलो टेस्ट खेल्दै छ । टेस्ट च्याम्पियनसिपमा दुवै देशको यो पहिलो खेल हो । यस अघि भएको टी-२० र एकदिवसीय सिरिजमा क्लिन

केन विलियम्सन र धनन्जयको बलिङ एक्सन शंकास्पद !

काठमाडौँ । न्युजील्याण्डका कप्तान केन विलियम्सन र श्रीलंकाका बलर अकिला धनन्जयको बलिङ एक्सन शंकास्पद रहेको पाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का अनुसार हाई अगस्ट १४ देखि १८ सम्म श्रीलंकाको


z