• २०८१ बैशाख ८ शनिबार

पहिलो दिन रोज टेलरले न्युजील्याण्डलाई सम्हाले, धनन्जयले लिए पाँच विकेट

kharibot

काठमाडौँ । श्रीलंका र न्युजील्याण्डबीचक ओपहिलो टेस्टको पहिलो दिन बर्षाले प्रभावित खेलमा न्युजील्याण्डले औसत सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाएर २०३ रन बनाएको छ । बर्षाले खेल प्रभावित हुदा पहिलो दिन केवल ६८ ओभरको खेल मात्र भएको छ ।

न्युजील्याण्डका लागि रोज टेलरले ८६ रन बनाएर अविजित रहेका छन् । त्यस्तै हेनरी निकोल्सले ४२ रन बनाएर आउट भए भने जीत रावलले ३३ र टम लाथमले ३० रन बनाएर आउट भए ।

न्युजील्याण्डका कप्तान केन विलियाम्सन भने यस खेलमा खाता नै नखोली केबल ३ बल खेलेर आउट भए । त्यस्तै बिजे वाटलिंग एक रन बनाएर आउट भए । अहिले मिचेल सान्टनर ८ वन बनाएर टेलरलाई साथ् दिईरहेका छन् ।

त्यस्तै न्युजील्याण्डका सबै विकेट श्रीलंकाका बलर अकिला धनन्जयले लिएका छन् ।

श्रीलंका भ्रमणमा रहेको न्युजील्याण्डले टेस्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध २ टेस्ट  र तीन टी-२० खेल खेल्ने छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै