काठमाडौँ । श्रीलंका र न्युजील्याण्डबीचक ओपहिलो टेस्टको पहिलो दिन बर्षाले प्रभावित खेलमा न्युजील्याण्डले औसत सुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाएर २०३ रन बनाएको छ । बर्षाले खेल प्रभावित हुदा पहिलो दिन केवल ६८ ओभरको खेल मात्र भएको छ ।
न्युजील्याण्डका लागि रोज टेलरले ८६ रन बनाएर अविजित रहेका छन् । त्यस्तै हेनरी निकोल्सले ४२ रन बनाएर आउट भए भने जीत रावलले ३३ र टम लाथमले ३० रन बनाएर आउट भए ।
न्युजील्याण्डका कप्तान केन विलियाम्सन भने यस खेलमा खाता नै नखोली केबल ३ बल खेलेर आउट भए । त्यस्तै बिजे वाटलिंग एक रन बनाएर आउट भए । अहिले मिचेल सान्टनर ८ वन बनाएर टेलरलाई साथ् दिईरहेका छन् ।
त्यस्तै न्युजील्याण्डका सबै विकेट श्रीलंकाका बलर अकिला धनन्जयले लिएका छन् ।
श्रीलंका भ्रमणमा रहेको न्युजील्याण्डले टेस्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध २ टेस्ट र तीन टी-२० खेल खेल्ने छ ।