'सगरमाथामा जाम होइन लाम लागेको हो'

खरीबोट

तस्बीर : रासस/एएफपी/गेटी इमेज

काठमाडौं । सरकारले सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु नभएको प्रष्ट गरेको छ । 

सरकारद्वारा गठित छानबिन समितिले सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना भएको भन्ने विषय आधारहीन भएको जनाएको हो ।

यो सिजनमा सगरमाथा आरोहणका क्रममा १५ जनाको मृत्यु भएको थियो । अरु दुई जना अझै बेपत्ता छन् ।

धेरै आरोही एकैपटक सगरमाथा उक्लन खोज्दा जामका कारण केही आरोहीको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपछि छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा जेठ २५ मा समिति बनाएको थियो ।

टोलीले बुधबार मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाउँदै संयोजक उपाध्यायले भने, ‘सगरमाथामा जाम भएको होइन, लाम भने लागेको थियो, त्यसैले आरोही धेरै हुँदा दुघर्टना भएको भन्ने कुरा हाम्रो अध्ययनले देखाउँदैन ।’

सन २०१९ को वसन्त ऋतुमा सगरमाथा हिमचुलीका लागि ४४ दलमार्फत ३ सय ८१ जना आरोही र ६ सय ४२ जना आरोही दलका सहयोगीलाई अनुमति दिइएकोमा २ सय ८० आरोही र ३ सय ६४ जना सहयोगीले सफल आरोहण गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सगरमाथामै ८ जनाको मृत्यु भएको र १ जना हराइरहेको अध्ययन टोलीले भनाइ छ । यसको कारण आरोहणका लागि वसन्त ऋतु खास सहज र अनुकूल नरहेको उल्लेख गरेको छ । फानी आँधीको कारण आरोहण प्रभावित भएको जनाइएको छ ।

अध्ययन टोलीले मे १७ देखि २० सम्म चार दिन सगरमाथाको मौसम प्रतिकूल रहेको जनाएको छ । पटक–पटक मौसम प्रतिकुल हुँदा रोकिएका आरोही मे २१ र २२ मा एकैपटक सगरमाथातर्फ जाँदा बाटोमा लाम लागेको टोलीको भनाइ छ । मे २२ गते अहिलेसम्मकै धेरै २ सय २३ जनाले सगरमाथा आरोहरण गरेको प्रतिवेदनमा जनाइएको छ ।

मे २२ मा सगरमाथा चुचुरोमा २२३ जनाले सफल आरोहण गरेको तर एक जनाको मृत्यु भएको अभिलेख पर्यटन विभागमा रहेको भन्दै ट्राफिक जामका कारण मृत्यु भएको भन्ने समाचार गलत रहेको टोलीको निष्कर्ष छ ।

खराब मौसमले सगरमाथाको बीचमा पुगेर पर्खँदा हाइ अल्टिच्युड सिकनेसले मे २३ मा ३ जना आरोही र मे २४ र २५ मा अरु एक\एक जनाको मृत्यु भएको अभिलेखबाट देखिएको समितिले जनाएको छ ।

यसैगरी समितिले आगामी दिनमा सम्पर्क अधिकृत खटाउँदा व्यक्तिगत नभई टीम पठाउन सिफारिस गरेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री योगेश भट्टराईले सगरमाथासहित सबै हिमाल सुरक्षित रहेको र ढुक्क भएर आरोहणमा आउन आग्रह गरे । समितिले दिएका सुझाव कडाइका साथ लागू गर्ने प्रतिवद्धता उनको छ । सूचना आधार शिविर नपुगेका सम्पर्क अधिकृतलाई आगामी दिनमा सम्पर्क अधिकृत बन्न अयोग्य हुने कारवाही गरिने पनि उनले बताए ।

सम्बन्धित समाचार

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला

राष्ट्रसङ्घका महासचिव गुटरेसलाई सगरमाथा संवादमा भागलिन निमन्त्रणा

न्यूयोर्क । सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रसङ्घको ७४औँ महासभा

बाह्रखरी मिडियाले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भ्रमण बर्ष नेपाल २०२० को सहकार्यमा गर्न लागिएको हो ।  दुई चरणमा हुने

सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

काठमाडौं । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।  नेपालले हासिल गरेका राजनीतिक,


z