• २०८१ बैशाख १३ बिहीबार

लागुऔषध कारोवार आरोपमा कर्मचारी पक्राउ

kharibot

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोवार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिए । 

उनीसँगै जुम्ला पातारासी गाउँपालिका–५ पटमारा गाउँ निवासी हाल चन्दननाथ नगरपालिकाको एयरपोर्टमा बस्दै आएका ३६ वर्षीय राजबहादुर बुढालाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताए ।   

“फोरेन्सिक ल्याबको परीक्षण र उनीहरुको अन्य वार्तालापको प्रमाणबाट मल्ल र बुढा दुवै जना लागुऔषध कारोवारमा संलग्न रहेको पाइएकाले पक्राउ गरेका हौँ”, उनले भने, “अहिले उनीहरु दुवैमाथि थप अनुसन्धान चलिरहेको छ ।” उनका अनुसार मल्ल र बुढाको अनुसन्धानले ठूला कारोवारीको नाम पनि खुल्ने देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले खरीदार मल्लको गतिविधिका कारण उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । उनीसँगै समातिएका बुढासहित अहिलेसम्म लागुऔषधका नौ जना व्यक्तिलाई समातेर कारवाही गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै