भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ – प्रदीप गिरी 

खरीबोट

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ दाबी गरेका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो विचार व्यक्त गरेका हुन् । 

‘हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ । तथ्य हो यो,’ उनले भने । नेपालको सीमा अतिक्रमण, दशगजामा सडक निर्माण र असमान सन्धि-सम्झौता लगायतबारेमा छलफल भइरहँदा गिरीले भारतले सकेमा जेसुकै गर्ने बताए ।

'भारतको आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिन्छ', उनले दोहोर्‍याउँदै भने । तत्कालिन माओवादीलाई इंगित गर्दै उनले नेपाल-भारत सिमानामा काँडेतार लाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेता नै सत्तामा रहँदा पनि केही नगरेको भन्दै व्यंग्य गरेका थिए ।

गिरीले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत भएर समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउदै भने,'हिजो क्रान्ति गर्नेहरु नै अहिले सत्तामा रहेका छन्। तर भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरिरहेका छन् ।' 

नेपालको कमजोर कुटनीति जारी रहेमा सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहल चाल्न उनले आग्रह गरे ।

'विपक्षमा रहेर कहिलै पनि त्यस्ता मागलाई उठाउनु हुँदैन, जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्', उनले भने, 'कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन। सबैभन्दा ठूलो विफलता नै कुटनीतिक विफलता हो ।'
 

सम्बन्धित समाचार

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ – प्रदीप गिरी 

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ दाबी गरेका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो विचार व्यक्त

राज्य सत्ता परिवर्तन भएन अनुहार मात्र फेरियो – प्रदीप गिरी 

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अहिले देशमा राज्य सत्ता परिवर्तन नभएर अनुहार मात्र बदलिएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बाढी पहिरो सम्बन्धि वार्व्जनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा

उच्च आर्थिक वृद्धिदरको मोहमा नपर्नुस् - प्रदीप गिरी 

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरिले उच्च आर्थिक वृद्धिदरको मोह छोड्न सरकारलाई आग्रह गरेका छन् ।   आर्थिक वर्ष २०७६-७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

गान्धीको दर्शनले यस शताब्दीका सबै समस्याको समधान हुन्छन्- प्रदीप गिरी

काठमाडौँ।  नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप गिरीले प्रतिनिधिसभामा बोल्दै गान्धीको दर्शनले यस शताब्दीका सबै समस्याको समधान हुने बताएका छन् ।  प्रतिनिधि सभाको विशेष समयमा समय लिएर बोल्दै सांसद गिरीले २१औ


z