• २०८१ बैशाख १२ बुधबार

ब्याटिंगमा धेरै किर्तिमान बनाउने सचिनका बलिङमा छन् यस्ता रेकर्ड

kharibot

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो ब्याटिंगबाट विश्व क्रिकेटका कैयौ रेकर्ड बनाएका छन् । उनले धेरै रन, धेरै शतकसहित कैयौ यस्ता रेकर्ड छन् जसको चर्चा गरेर पनि साध्य छैन । तर यस रिपोर मा हामीले सचिनले बलिङ गरेर बनाएका केहि रोचक रेकर्डका बारेमा चर्चा गर्दै छौ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले टेस्ट क्रिकेटमा ४६, एकदिवसीय क्रिकेटमा १५४ र टी-२० मा एक विकेट गरि कुल २०१ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

केबल १६ बर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट क्यारियर सुरु गरेपनि अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिन भने सचिनलाई केहि समय पर्खिनु पर्यो । सचिनले पहिलो विकेट सन् १९९० को डिसेम्बरमा श्रीलंकाविरुध्दको खेलमा लिएका थिए । सचिनको पहिलो अन्तर्राष्ट्रिय विकेट रोशन महानमाको रहेको थियो । सो विकेट सँगै सचिन त्यति बेला कम उमेरमा विकेट लिए खेलाडी बनेका थिए । त्यति बेला सचिन १७ बर्ष २२४ दिनका थिए ।

त्यस्तै सचिनले सन् १९९३ मा दक्षिण अफ्रिकाविरुद्ध भएको खेलमा अन्तिम ओभर बलिङ गर्दै ६ रन डिफेन्ड गरेर भारतलाई जिताएका थिए । सो ओभरमा सचिनले केवल ३ रन दिएका थिए । यस्तै परिस्थिति सन् १९९७ मा अस्ट्रेलियाविरुद्ध पनि आएको थियो । अस्ट्रेलियाको एक ओभर बाँकी रहेको अवस्थामा सचिनले अन्तिम ओभरको पहिलो बलमा नै विकेट लिएर भारत लाई जिताएका थिए ।

त्यस्तै सचिनले सन् २००४ को एशिया कपको बेला पनि उत्कृष्ट बलिङ गरेका थिए । त्यति बेला एशियाकपको ६ खेलमा सचिनले १२ विकेट लिएका थिए । त्यति बेला स्पिनरले एक एशिया कपमा लिएको धेरै विकेटको रेकर्ड सचिनले तोडेका थिए ।

सचिनको उत्कृष्ट बलिङ टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध १० रन दिएर ३ विकेट लिएका छन् भने एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध ३२ रन दिएर ५ विकेट रहेको छ । त्यस्तै एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका सचिनले दक्षिण अफ्रिकाविरुद्धको सो खेलमा १२ रन दिएर एक विकेट लिएका थिए ।     
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै