मुख्यमन्त्री लक्षित बम पड्क्यो भन्ने कुरा हल्ला हो : प्रहरी

खरीबोट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।  

पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न आज त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रबिक्रम चन्द समूहले बम पड्कायो भन्ने कुराको अफवाह मात्र भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

“बम पड्केको हामीले थाहा नै पाएनौं,” शर्माले भने, “खै कसले बम पड्केको कुरा गर्यो, उनैले जानुन् ।” आफू अहिले मुख्यमन्त्रीसँगै भएको जनाउँदै उनले पचालझरनाको विशेष गाउँसभा सम्पन्न गरेर सदरमुकाम आउनका लागि हिँडिरहेको बताए । 

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले शान्तिपूर्ण तवरबाट कार्यक्रम सकेर फर्किएको र बिहीबार रास्कोट नगरपालिकाको नमूना विद्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।  
 

सम्बन्धित समाचार

माथिल्लो कर्णाली जलविद्युतमा राष्ट्रहित विपरीत सम्झौता – झलनाथ खनाल 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु झलनाथ खनाल र भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरीत सम्झौता गरेको भन्दै सरकारको आलोचना गरेका छन् । पुष्पलाल मित्रता केन्द्रले

‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रम शुभारम्भ

कालिकोट । कर्णाली प्रदेश सरकारले जनताका समस्या बुझ्न ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरेको छ । एक कार्यक्रमका बीच आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’कार्यक्रमको शुभारम्भ गरेका हुन्

प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐनमा त्रुटी

सुर्खेत । कर्णाली प्रदेशसभाबाट पारित भएको प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐनका केही प्रावधानमा त्रुटी फेला परेको छ । गत जेठमा प्रमाणीकरण भएको ऐनमा वाक्यांशहरुको तालमेल नमिल्दा राजपत्रमा प्रकाशित हुन सकेको छैन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको


z