• २०८१ बैशाख ४ मंगलबार

पोल गाडेको १० वर्षपछि बिजुली बल्यो

kharibot

भोजपुर । स्थानिय तह सञ्चालनमा आएसँगै गाउँमा विद्युत् बल्न थालेपछि टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका स्थानीयवासी हर्षित भएका छन् । पोल गाडेको करीब १० वर्ष बितेको भए पनि स्थानीय तह सञ्चालनसँगै गाउँमा छोटो समयमै विद्युत्सेवा विस्तारभएपछि स्थानीयवासी हर्षित भएका हुन् ।

लामो समयदेखि विद्युत् बाल्ने आशामा बसेका स्थानीयवासीले  गाउँपालिकाको गत आर्थिक  वर्षको करीब रु ७५ लाखको बजेटमा विद्युत् विस्तारको काम सम्पन्न भएसँगै विद्युत्सेवा उपभोग गर्न पाएका हुन् । वडाभित्र रहेका करीब ४५० घर धुरीमध्ये मङ्गलबारबाट दुई सय घरमा विद्युत् बल्न थालेको वडा कार्यालयका सूचना अधिकारी सीताराम लुइँटेलले जानकारी दिए । 

स्थानीयवासीले विद्युत् मिटर समयमा पाउन नसेकाले अन्य घरमा विद्युत् विस्तारमा केही ढिला भएको वडा कार्यालयले जनाएको छ ।

गाउँपालिकाको लगानी र स्थानीयवासीको करीब ३० प्रतिशत जनश्रमदानमा वडाका सबै स्थानमा मुख्यलाइन भने पुगेको छ । तर शाखा लाइनमा विद्युत् विस्तारका लागि तार नपुग्दा भने ४० घरको हारहारीमा विद्युत् पु¥याउन समस्या रहेको वडा कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै