अन्तिम खेलमा क्रिस गेलको आक्रामक ब्याटिंग

खरीबोट

काठमाडौँ  । युनिभर्स बोसका उपनामले चह्र्चित क्रिस गेलले सम्भवत आफ्नो क्यारियरको अन्तिम एकदिवसीय खेलमा आक्रामक ब्याटिंग गरेका छन् ।

भारतविरुद्धको तेस्रो एकदिवसी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजका गेलले ३० बलमा अर्धशतक पुरा गरेका छन् ।

आक्रामक ब्याटिंग गर्दै गेलले ३० बलमा ६ चौका ४ छक्का प्रहार गर्दै आफ्नो एकदिवसीय क्रिकेटको ५४औ अर्धशतक पुरा गरेका हुन् ।

वेस्टइन्डिजले उत्कृष्ट सुरुवात गर्दै यो समाचार बनाउने बेलासम्म ११.४  ओभरमा २ विकेट गुमाएर १२१ रन बनाउदै खेलिरहेको छ ।

गेल ७२ रन बनाएर आउट भएका छन् । गेलले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ७२ रन बनाएर आउट भएका थिए । गेललाई खलिल अहमदले आउट गरेका थिए ।

त्यस्तै एविन लुइसले ४३ रन बनाएर आउट भएका छन् । 
       

सम्बन्धित समाचार

वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा पनि भारतको कब्जा

काठमाडौँ । वेस्टइन्डिज टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेलमा भारत डक-वर्थ लुइस नियम अनुसार ६ विकेटले विजयी हुदै एकदिवसीय सिरिज जितेको हो

लाराको रेकर्ड तोडेपछि क्रिस गेल भन्छन्- नसोचेको भयो

काठमाडौँ । 'युनिभर्स बोस' का नामले चर्चित वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले एकदिवसीय क्रिकेट खेल खेल्दै नयाँ इतिहास बनाएका छन् । आइतबार गेलले भारतविरुद्ध आफ्नो तीन सयौं एकदिवसीय खेल खेलेका हुन्

वेस्टइन्डिजविरुद्ध विराट र भुवनेश्वरले भारतलाई जिताए 

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेल जितेको छ । गएराती सम्पन्न खेलमा भारतडक वर्थ लुइस नियम अनुसार ५९ रनले विजयी भएको हो । भारतले पहिलो इनिंगमा २७९ रन बनाएपनि बर्षाले प्रभावित

क्रिस गेलले तोड्दै छन् ब्रायन लाराको यस्तो रेकर्ड

काठमाडौँ । युनिभर्स बोस क्रिस गेल आज आफ्नो क्यारियरको तीन सयौ एकदिवसीय खेल खेल्दै छन् ।  गेल आफ्नो क्यारियरको अन्तिम सिरिज खेलिरहेका बेला उनले यो खेल पछि कैयौ रेकर्ड बनाउने तयारी


z