काठमाडौँ । युनिभर्स बोसका उपनामले चह्र्चित क्रिस गेलले सम्भवत आफ्नो क्यारियरको अन्तिम एकदिवसीय खेलमा आक्रामक ब्याटिंग गरेका छन् ।
भारतविरुद्धको तेस्रो एकदिवसी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजका गेलले ३० बलमा अर्धशतक पुरा गरेका छन् ।
आक्रामक ब्याटिंग गर्दै गेलले ३० बलमा ६ चौका ४ छक्का प्रहार गर्दै आफ्नो एकदिवसीय क्रिकेटको ५४औ अर्धशतक पुरा गरेका हुन् ।
वेस्टइन्डिजले उत्कृष्ट सुरुवात गर्दै यो समाचार बनाउने बेलासम्म ११.४ ओभरमा २ विकेट गुमाएर १२१ रन बनाउदै खेलिरहेको छ ।
गेल ७२ रन बनाएर आउट भएका छन् । गेलले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ७२ रन बनाएर आउट भएका थिए । गेललाई खलिल अहमदले आउट गरेका थिए ।
त्यस्तै एविन लुइसले ४३ रन बनाएर आउट भएका छन् ।