पेनाल्टी सुटआउटमा लिभरपुललाई युइएफए सुपरकपको उपाधि

खरीबोट

काठमाडौँ । युइएफए सुपरकपको उपाधि लिभरपुलले जितेको छ ।

च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता क्लबबीच खेलिने यो प्रतिष्ठित खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुपरकपको उपाधि जितेको हो ।

पेनाल्टी सुट आउटमा चेल्सीका टामी अब्राहमले हानेको गोल लिभरपुलका गोल किपर अड्रीयनले बचाएपछि लिभरपुलले खेल ५-४ ले जितेको थियो ।

यस अघि ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको खेलमा दुवै टिमले फेरी १-१ गोल थपेपछि खेल २-२ गोलमा सकिएको थियो ।

लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरेका थिए भने चेल्सीका लागि ओलिभर जिराउड र जोरजिन्होले एक एक गोल गरेका थिए ।

यो सँगै लिभरपुलले चौथो पटक युइएफए सुपरकपको उपाधि जितेको छ । यस अघि सन् १९७७, २००१ र २००५ मा लिभरपुलले युइएफए सुपरकप जितेको थियो । लिभरपुलले भन्दा धेरै बार्सिलोना र एसी मिलानले ५-५ पटक सुपरकप जितेका छन् ।

त्यस्तै चेल्सी भने तिन पटक युइएफए सुपरकपको उपविजेता बनेको छ । यस अघि सन् २०१२ र २०१३ मा पनि चेल्सी उपविजेता बनेको थियो । त्यस्तै बार्सिलोना र सेभिया चेल्सीभन्दा धेरै ४-४ पटक सुपरकपको उपविजेता बनेका छन् ।

सुपरकपपछि अब आगामी शनिबार लिभरपुलले साउथहम्पटनसँग र चेल्सीले लेस्टर सिटीसँग प्रिमियर लिग अन्तर्गतका खेल खेल्ने छन् ।  

खेल हाइलाइट :

       

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगको तालिका सार्वजनिक, सन्दीप नखेल्ने

काठमाडौँ । टी-२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक भएको छ । विभिन्न छ वटा टीमले भाग लिने टी-२० फ्रेंचाईजी लिग यहि मङ्सिर २८ गते

म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।  युनाइटेडको जितमा मार्कोस राशफोर्ड

प्रिमियर लिगमा आर्सनलमाथि ब्राइटनको शानदार जित  

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनल फेरी पराजित भएको छ । लगातार खराब फर्मबाट गुज्रिरहेको आर्सनल गएराती सम्पन्न खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो । गतसाता मात्र आफ्ना

प्रिमियर लिगमा चेल्सी र लेस्टर विजयी 

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टरले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स भार्डी र जेम्स माडिसनले


z