काठमाडौँ । युइएफए सुपरकपको उपाधि लिभरपुलले जितेको छ ।
च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता क्लबबीच खेलिने यो प्रतिष्ठित खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुपरकपको उपाधि जितेको हो ।
पेनाल्टी सुट आउटमा चेल्सीका टामी अब्राहमले हानेको गोल लिभरपुलका गोल किपर अड्रीयनले बचाएपछि लिभरपुलले खेल ५-४ ले जितेको थियो ।
यस अघि ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको खेलमा दुवै टिमले फेरी १-१ गोल थपेपछि खेल २-२ गोलमा सकिएको थियो ।
लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरेका थिए भने चेल्सीका लागि ओलिभर जिराउड र जोरजिन्होले एक एक गोल गरेका थिए ।
यो सँगै लिभरपुलले चौथो पटक युइएफए सुपरकपको उपाधि जितेको छ । यस अघि सन् १९७७, २००१ र २००५ मा लिभरपुलले युइएफए सुपरकप जितेको थियो । लिभरपुलले भन्दा धेरै बार्सिलोना र एसी मिलानले ५-५ पटक सुपरकप जितेका छन् ।
त्यस्तै चेल्सी भने तिन पटक युइएफए सुपरकपको उपविजेता बनेको छ । यस अघि सन् २०१२ र २०१३ मा पनि चेल्सी उपविजेता बनेको थियो । त्यस्तै बार्सिलोना र सेभिया चेल्सीभन्दा धेरै ४-४ पटक सुपरकपको उपविजेता बनेका छन् ।
सुपरकपपछि अब आगामी शनिबार लिभरपुलले साउथहम्पटनसँग र चेल्सीले लेस्टर सिटीसँग प्रिमियर लिग अन्तर्गतका खेल खेल्ने छन् ।
खेल हाइलाइट :