काठमाडौँ । अमेरिकाको उत्तरी फिलाडेलफियामा अज्ञात समुहको गोलीबारीमा छ प्रहरीको मृत्यु भएको छ ।
फिलाडेलफियाको टेम्पल क्याम्पसमा अज्ञातसमुहको आक्रमणमा ६ प्रहरीको निधन भएको सिएनएनले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार गोली बारी अहिलेपनि जारी रहेको बताइएको छ ।
अहिलेपनि बन्दुकधारीले आक्रमण गरिरहेको र प्रहरीले सो क्याम्पसको हेल्थ साइन्स सेन्टरलाई चारै तिरबाट घेरा हालेर बन्दुकधारीलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको सिएनएनले उल्लेख गरेको छ ।
अघिल्लो साता मात्र अमेरिकामा छुट्टा छुट्टै ठाउमा भएका बन्दुक आक्रमणमा २९ जनाले ज्यान गुमाएका थिए ।