• २०८१ बैशाख ४ मंगलबार

जङ्गली च्याउ खाँदा आमापछि छोराको पनि ज्यान गयो

kharibot

जाजरकोट । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । उनीसँगै च्याउ खाएर बिरामी भएकी उनकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै  गर्दा मृत्यु भएको थियो ।

जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिदै गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै