• २०८१ बैशाख ७ शुक्रबार

'युरो टी-२० स्लाम' स्थगित : फ़्रेन्चाइजीले पैसा नतिरेको आरोप !

kharibot

काठमाडौँ । युरोपमा हुन लागेको 'द युरो टी-२० स्लाम लिग अर्को बर्षका लागि सरेको छ ।

यहि अगस्ट ३० देखि सेप्टेम्बर २२ सम्म आयोजना हुने भनिएको सो टी-२० लिग आयोजकको लापरवाहीका कारण स्थगित भएको छ ।

प्रतियोगिता आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्डको क्रिकेट बोर्डले संयुक्तरूपमा आयोजना गरेको भएपनि यसको सम्पूर्ण जिम्मा क्यानडाको ग्लोबल टी-२० कै आयोजक भारतीय कम्पनि बम्बे स्पोर्ट्सले लिएको थियो । क्यानडामा गत बर्ष मात्र भएको पहिलो लिगमा बाबे स्पोर्टसलाई १३ मिलियन अमेरिकी डलर घाटा भएको बताइएको छ । बम्बे स्पोर्ट्सले ग्लोबल टी-२० २५ बर्षका लागि सम्झौता गरेको छ ।  

ग्लोबल टी-२० मा जस्तै खेलाडीले समयमा भुक्तानी नपाउने र खेलाडीले खेल्न नमान्ने स्थिति आउने भएपछि प्रतियोगिता नै स्थगित गरिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरीएको छ ।

आयोजकले भने विज्ञप्तिमा असामान्य परिस्थितिका कारण अर्को बर्षका लागि सारिएको विज्ञप्ति निकालेर जानकारी दिएका छन् । एमर्जीङ क्रिकेटले यस विषयमा विशेष रिपोर्ट प्रकाशित गर्दै युरो स्लामका फ़्रेन्चाइजीले तिर्नु पर्ने ४ मिलियन रकम नतिरेका कारण स्थगित भएको उल्लेख गरिएको छ । आयोजकले शुरुमा २५ प्रतिशत भुक्तानी गरेपनि बाँकी रकम अहिले भुक्तानी गर्न नसक्ने जानकारी आयोजकलाई गराएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

केहि दिन अघि क्यानाडामा सम्पन्न ग्लोबल टी-२० लिगमा खेलाडीलाई भुक्तानी नभएको विषयले सतहमा आएर खेलाडीले एक खेलमा खेल्न नमानेपछि आयोजकले खेलाडीलाई समयमा भुक्तानी नगरेको विषय बाहिर आएको थियो । यस प्रतियोगितालाई पनि सोहि घटनासँग जोडेर हेरिएको छ । 

युरो स्लाम रद्ध भएपछि करिब १०० भन्दा बढी क्रिकेटर प्रभावित भएका छन् । कैयो खेलाडीले अब केहिदिनमा शुरु हुने क्यारेबियन प्रिमियर लिग छोडेर युरो स्लाम खेल्न सम्झौता गरेका थिए ।

कुल २० मिलियन अमेरिकी डलर खर्च हुने सो प्रतियोगितामा फ़्रेन्चाइजीले नै अहिले भुक्तानी गर्न नसक्ने भनेपछि आयोजकसहितको एडभाइजरी बोर्डले अर्को बर्षसम्म सार्ने निर्णय गरेको बताइएको छ ।

युरो स्लाम लिगमा आमस्ट्राडम नाइट, बेलफास्ट टाईटान्स, डब्लिन चिफ्स, एडिनबर्घ रक्स, ग्लासगो जाइन्ट्स र रोटटरडम राइनोज गरि ६ टिम सहभागी हुदै थिए ।

जसमा इमरान ताहिर, शेन वाटशन, शहिद अफ्रिदी, जेपी डुमिनी, बबर आजम, इओन मोर्गन, राशिद खान, डेल स्टेन, बेन कटीङ, क्रिस लेन जस्ता खेलाडी समावेश थिए ।                           

    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै