• २०८१ बैशाख ७ शुक्रबार

गायक मीका सिंहलाई बलिवुडमा प्रतिबन्ध !

kharibot

मुम्बई । चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

मीका सिंहले केहिदिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

मीकाले केहि दिन अघि पाकिस्तानमा एक वैवाहिक कार्यक्रममा सहभागी हुदै पर्फर्मेन्स दिएका थिए । पाकिस्तानी मिडियाका अनुसार मीकाले पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशरफका आफन्तको विवाहमा कराचीमा गत अगस्ट ८ मा सो पर्फर्मेन्स दिएका थिए ।

एसोसियसनका अध्यक्ष सुरेश गुप्ताले जारी गरेको विज्ञप्तिमा एसोसियसनले मीकाविरुद्ध तुरुन्तै देखि लागु हुने गरि एक्सन लिएको जनाउदै फिल्म निर्माण कम्पनि तथा म्युजिक कम्पनिहरुलाई मीकालाई काममा सहभागी नगराउने निर्देशन जारी गरिएको छ ।

एसोशियसनले देश भन्दा पैसालाई महत्व दिएको आरोप लगाउदै दुवै देशबीच अहिले तनाव भैरहेको बेला पक्सितान्न गएको आरोप लगाएको छ । त्यस्तै गुप्ताले भारतीय सूचना एवं प्रशारण मन्त्री प्रकाश जावेडकरलाई मीकाविरुद्ध कारवाही अगाडी बढाउन समेत माग गरेका छन् ।

भारतीय सरकारले जम्मु कश्मीर बारे विशेष निर्णय गर्दै संबिधानको धारा ३७० हटाएपछि पाकिस्तानले पाकिस्तानमा भारतीय फिल्म, टेलिभिजन च्यानलसहित भारतीय अनलाइन कन्टेन्टमा प्रतिबन्ध लागाएको छ ।                   
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै