• २०८१ बैशाख १३ बिहीबार

होटलको हब बन्दै सिमरा, ढेड अर्ब लगानी थपिदै

kharibot

बारा । वीरगंज–पथलैया औद्योगिक करिडोरका औद्योगिक पाहुँना, भारतीय सिमा हुँदै भित्रने बिदेशी तथा भारतीय पर्यटक र निकुञ्जलाई लक्षित गर्दै बाराको सिमरामा ठुला तारे स्तरीय होटल खोल्ने क्रम धमाधम बढेको छ ।

चार तारे स्तरदेखि दर्जन बढी सञ्चालित स्तरीय होटलहरुले ग्राहकको बढ्दो चापलाई थेग्न नसके पछि स्तरीय होटल खोल्ने क्रम बढेको हो ।

सिमरामा दर्जन बढी स्तरीय होटलदेखि चार तारे स्तरका होटलहरु सञ्चालनमा छन् । पछिल्लो समय करिब ढेड अर्व लगानीका आधा दर्जन तारे, रिर्सोट र स्तरीय होटलहरु धमाधम निर्माण र सञ्चालनको तयारीमा रहेको छ । 

वीरगंज–पथलैया औद्योगिक करिडोरका औद्योगिक पाहुँना, पर्सा राष्ट्रिय निकुञ्ज भारतीय पर्यटक, स्थलमार्गबाट भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटक र सिमरा बिमानस्थल प्रयोग गर्ने पाहुनाहरुको आवागमन बढेसँगै तारे होटलदेखी स्तरीय होटलहरु सञ्चालनले थेग्न नसके भए पछि यस क्षेत्रमा नयाँ होटल रिर्सोटहरुमा लगानी गर्न बढेको होटल तथा पर्यटन व्यवसायी महासंघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । 

उनले सिमराको सेज सञ्चालनमा आउँन थालेको काठमाण्डौं निजगढ दु्रत मार्ग र निर्माणको चरणमा रहेको दोस्रो अन्तर्राष्ट्रिय बिमान स्थलका कारण होटल अझै खुल्ने र लगानीले सार्थकता पाउने बताए । 

सिमरा बिमानस्थलसँगै टाँसिएको १० करोड बढिको रुपैयाँको लगानीमा ईश्वर खत्रीले साझेदारीमा तीन तारे एयरर्पोट सिमरा होटल प्राली असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य सहिँत द्रूत गतिमा पूर्वाधार निर्माण कार्य गरेका छन् । भने होटल तथा पर्यटन व्यवसायी शम्भु श्रेष्ठले १३ करोडको लागतमा एसएस प्लाजा नामक तीन तारे स्तरको सुविधा सहिँतको होटल निर्माण कार्य सुरु गरेका छन् । 

त्यस्तै तीन करोड रुपैयाँ लगानीमा दुई वटा सिमरा मैं होटल गौतम राज, राजमार्ग छेउ मैं पाँच करोड रुपैयाँ लगानीमा क्वीक ट्वान्टी रिभर साईड रिसोर्ट लगायतका होटल र रिर्सोटहरु निर्माणधीन रहेको छ । 

निर्माणाधीन होटल तथा रिर्सोटहरुमा वातानुकुलित, खेल मनोरंजन, क्यासीनो, स्बिमीङ्ग पुल, मसाज, स्पा, व्यायमशाला लगायतका सबै जसो सुबिधा पुर्वाधार बन्दै र खुल्ने क्रममा रहेका छन् ।

पछिल्लो समय सिमरामा सञ्चालित चार तारे देखी स्तरीय होटल रिर्सोटहरुले होटलहरुले गति लिए पछि विभिन्न क्षेत्रका मानिसहरुको गन्तव्य समेत सिमरा बन्न थालेपछि स्तरीय होटल सञ्चालनमा लगानी कर्ताहरु आक्रामक रुपले प्रस्तुत भएका हुन् । 

सिमरामा चार तारे होटल ईच्छा, सिमरा ईन, होटल सगुन, झापाली होटल, होटल संम्यक, लामा होटल लगायत रिर्सोट र स्तरीय दर्जनौं रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै