• २०८१ बैशाख ८ शनिबार

वरिष्ठ साहित्यकार दीक्षितको अन्तेष्टि राष्ट्रिय सम्मानका साथ हुने

kharibot

काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्तेष्टि हुने भएको छ । 

९७ वर्षको उमेरमा आज बिहान निधन भएको वरिष्ठ साहित्यकार दिक्षित लाई सरकारले राष्ट्रिय सम्मान दिने जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । 

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

आजै उनको पार्थिव शरीरलाई प्रज्ञा भवनमा श्रद्धान्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै