• २०८१ बैशाख ७ शुक्रबार

सन्यासबाट युनिभर्स बोसको फेरी यू-टर्न !

kharibot

काठमाडौँ । वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले आफ्नो सन्यासलाई थप रहस्यमय बनाएका छन् ।

भारतविरुद्धको एकदिवसीय सिरिज आफ्नो क्यारियरको अन्तिम खेल हुने बताएका गेलले गएराती सम्पन्न खेलपछि आफुले सन्यास लिने घोषणा नगरेको बताएर आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट क्यारियरलाई निरन्तरता दिने संकेत गरेका छन् ।

तेस्रो खेलमा ४१ बलमा ७२ रनको आक्रामक पारी खेलेका गेलले खेलपछि सोधिएको प्रश्नको जवाफ दिदै भने, 'मैले सन्यास लिने घोषणा गरेको छैन ।' उनलाई के अझै खेल्न जारी राख्ने हो भन्ने प्रश्नमा उनले अर्को सूचना नदिएसम्म खेल्ने प्रतिक्रिया दिए ।

गेलले यस अघि गत मार्चमा इङल्यान्डमा हुने विश्वकप आफ्नो क्यारियरको अन्तिम प्रतियोगिता हुने बताएका थिए । तर विश्वकप नसकिदै गेल आफ्नो निर्णयबाट पछाडी हट्दै भारतविरुद्धको सिरिज खेल्ने निर्णय गरेका थिए ।

गेलको भारतविरुद्धको यो सिरिज अन्तिम खेल भनेरै नै विश्वभरका उनका क्रिकेट फ्यान अब गेललाई मैदानमा नदेखिने चिन्ता देखिएको भएपनि गेलले प्रष्ट नभनेकाले उनलाई फेरी मैदानमा देखिने सम्भावना रहेको छ ।

गेलले आफ्नो अन्तिम खेलमा आफुले खेलेको ३०१ खेलको जर्सी नम्बर लगाएर नै खेलेकाले पनि धेरैले अन्तिम खेललाई सम्झिन लायक बनाउन यस्तो गरेको अनुमान गरिएको थियो । खेलमा आउट भएपछि गेलले आफ्नो हेलमेट ब्याटमा राखेर माथि उठाउदै मैदान बाहिर आएका थिए । यसले पनि गेलको यो अन्तिम खेल भएको धेरैको बुझाइ थियो । गेलको अन्तिम खेल भनेरनै भारतीय कप्तान विराट कोहलीसहित सबै भारतीय खेलाडीले गेल आउट हुनासाथ उनलाई बिदाई शुभकामना समेत दिएका थिए ।

३९ बर्षिय गेलले वेस्टइन्डिजबाट धेरै एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने र एकदिवसीय रन बनाउने रेकर्ड बनाएका छन् । यस अघि दुवै रेकर्ड वेस्टइन्डिजका महान क्रिकेटर ब्रायन लाराको नाममा रहेको थियो ।                          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै