• २०८१ बैशाख ५ बुधबार

मलेसिया बस दुर्घटनामा तीन नेपाली घाइते, मृतकहरु आठै जना विदेशी (अपडेट)

kharibot

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासले मलेसियामा मंगलबार बिहानै भएको बस दुर्घटनामा मृत्यु हुनै सबै विदेशी रहेको स्पष्ट पारेको छ । दुर्घटनामा तीन जना नेपाली महिला घाइते भएको जानकारी दिँदै दूतावासले उनीहरुको नाम र ठेगाना पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

दूतावासका अनुसार मृतक आठ जनामध्ये सात जना इन्डोनेसियाली कामदार हुन् भने १ जना मलेसियाकै नागरिक छन् । उनीहरु आठै जना महिला कामदार रहेको पनि दूतावासले जनाएको छ । मलेसियाको पेनांगस्थित जुरु टोल प्लाजा नजिकै दुर्घटना भएको हो । दुर्घटनालगत्तै पेनांगस्थित नेपाली अवैतनिक वाणिज्यदूत दातुक हुआन चेंग गुआन घटनास्थल पुगेका थिए ।



पेनांगमा मंगलबार बिहानै विदेशी कामदार बोकेका दुई बस जुधेका थिए । सो क्रममा नेपाली कामदार पनि परेको हुनसक्ने आशंका गरिएको थियो । तर दूतावासले स्थलगत निरीक्षण गरी बुझ्दा नेपाली घाइते मात्रै भएको पत्ता लागेको हो । बिहान ५ बजेतिर भएको दुर्घटनामा ३३ कामदार घाइते भएका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै