ब्रेण्डम म्याकुलम बने कोलकोता नाइट राइडर्सको प्रमुख कोच

खरीबोट

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम कोलकोता नाइट राइडर्सले न्युजील्याण्डका पुर्व कप्तान ब्रेण्डम म्याकुलमलाई प्रमुख कोचमा नियुक्त गरेको छ ।

कोलकोताले आज एक विज्ञप्ति जारी गर्दै म्याकुलमलाई प्रमुख कोच बनाएको घोषणा गरेको हो ।

हालै सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएका म्याकुलम यस अघि सन् २००८ देखि २०१० र २०१२ देखि २०१३ सम्म खेलाडीको रुपमा कोलकोतासँग खेलेक्का थिए । कोलकोताले सन् २०१२ मा आइपिएलको उपाधि जित्दा म्याकुलम टिमका महत्वपूर्ण सदस्य थिए । साथै नाइट राइडर्सको क्यारेबियन प्रिमियर लिग (सिपिएल) फ़्रेन्चाइजी ट्रीनबागो नाइटराइडर्सबाट समेत म्याकुलमले २०१६ देखि २०१८ सम्म खेलेका थिए । ट्रीनबागोको सन् २०१७ र २०१८ मा सिपिएलको उपाधि जितेको थियो ।       

कोलकोताको मुख्य कोच नियुक भएपछि म्याकुलमले यो आफ्नो लागि सम्मान र ठुलो जिम्मेवारीको कुरा भएको बताएका छन् । म्याकुलमले नाइटराइडर्स अत्यन्त व्यावसायिक फ़्रेन्चाइजी भएको बताउदै कोलकोता र ट्रीनबागो दुवै टिमलाई सफल टिम बनाउन आफुले योगदान गर्ने बताएका छन् ।

म्याकुलमले आइपिएल टिम कोलकोता र सिपिएल टिम ट्रीनबागो दुवै टिमको कोच बन्ने छन् ।         
 

सम्बन्धित समाचार

आइपिएल खेलाडी ट्रेडिङ : दिल्लीका ट्रेन्ट बोल्टलाई मुम्बईले किन्यो 

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी ट्रेड विन्डो बन्द हुनु एक दिन अघि दिल्ली क्यापिटलले आफ्ना तिब्र गतिका न्युजील्याण्डका बलर ट्रेन्ट बोल्टलाई बेचेको छ । दिल्लीले बोल्टलाई मुम्बई इण्डियन्सलाई

आश्विनले छोडे किंग्स इलेभेन पंजाव, अलराउन्डर दिएर दिल्लीले किन्यो 

काठमाडौँ । भारतीय स्टार स्पिनर आर आश्विन आउदो सिजन आइपिएलमा दिल्ली क्यापिटलबाट खेल्ने भएका छन् । आश्विनले किंग्स इलेभेन पंजाव छोडेर दिल्लीमा गएका छन् । किंग्स इलेभेन पंजाव र दिल्ली क्यापिटलबीच

आइपिएललाई रोमान्चक बनाउन 'पावर प्लेयर' नियम लागु गर्ने तयारी !

काठमाडौँ । टी-२० क्रिकेटको लोकप्रियता बढेसँगै यस खेललाई थप रोमान्चक बनाउन भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बदलाव गर्ने लागेको खुलासा भएको छ । मिडिया रिपोर्टका अनुसार आगामी आइपिएलमा

सन्यास तोड्दै रायुडू, आइपिएल खेल्ने तयारी  

काठमाडौँ । क्रिकेट विश्व कप खेल्ने भारतीय टिममा नपरेपछि सन्यासको घोषणा गरेका क्रिकेटर अम्बाती रायुडूले आइपिएल खेल्ने बताएका छन् । स्टार स्पोर्ट्ससँगको कुराकानीमा रायुडूले आइपिएलमा चेन्नई सुपरकिंग्सबाट खेल्ने बताएर आफ्नो सन्यास


z