• २०८१ बैशाख ६ बिहीबार

ब्रेण्डम म्याकुलम बने कोलकोता नाइट राइडर्सको प्रमुख कोच

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम कोलकोता नाइट राइडर्सले न्युजील्याण्डका पुर्व कप्तान ब्रेण्डम म्याकुलमलाई प्रमुख कोचमा नियुक्त गरेको छ ।

कोलकोताले आज एक विज्ञप्ति जारी गर्दै म्याकुलमलाई प्रमुख कोच बनाएको घोषणा गरेको हो ।

हालै सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएका म्याकुलम यस अघि सन् २००८ देखि २०१० र २०१२ देखि २०१३ सम्म खेलाडीको रुपमा कोलकोतासँग खेलेक्का थिए । कोलकोताले सन् २०१२ मा आइपिएलको उपाधि जित्दा म्याकुलम टिमका महत्वपूर्ण सदस्य थिए । साथै नाइट राइडर्सको क्यारेबियन प्रिमियर लिग (सिपिएल) फ़्रेन्चाइजी ट्रीनबागो नाइटराइडर्सबाट समेत म्याकुलमले २०१६ देखि २०१८ सम्म खेलेका थिए । ट्रीनबागोको सन् २०१७ र २०१८ मा सिपिएलको उपाधि जितेको थियो ।       

कोलकोताको मुख्य कोच नियुक भएपछि म्याकुलमले यो आफ्नो लागि सम्मान र ठुलो जिम्मेवारीको कुरा भएको बताएका छन् । म्याकुलमले नाइटराइडर्स अत्यन्त व्यावसायिक फ़्रेन्चाइजी भएको बताउदै कोलकोता र ट्रीनबागो दुवै टिमलाई सफल टिम बनाउन आफुले योगदान गर्ने बताएका छन् ।

म्याकुलमले आइपिएल टिम कोलकोता र सिपिएल टिम ट्रीनबागो दुवै टिमको कोच बन्ने छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै