• २०८१ बैशाख ८ शनिबार

एसीसी २०२० क्यालेन्डर : छनौट जिते नेपाललाई भारत-पाकिस्तानसँग खेल्ने मौका

kharibot

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।

नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरेमा भारतसहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ ।

एसीसीको २०२० को क्यालेन्डर अनुसार मार्चमा थाईल्यान्डमा ईस्टर्न रिजन टी-२० प्रतियोगितामा नेपाली टिम खेल्ने छ । प्रतियोगितामा आयोजक थाईल्यान्ड सहित नेपाल, भुटान, चीन, मलेसिया, म्यानमार, हङकङ र सिंगापुर छन् । शीर्ष दुई टिमले अगष्टमा मलेसियामा हुने टी-२० क्यालिफायरमा सहभागिता जनाउने छन् ।

क्वालिफायरमा इस्टर्न र वेस्टन रिजनका विजेता सहित अन्य दुई टोली गरि कुल ४ टोलीबीच प्रतिस्पर्धा हुने छ । जसबाट विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छ । एसिया टी-२० क्वालिफायर भएर आएको टिमसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै आईसीसीको एक दिवसिय वरीयतामा एसियाको तर्फबाट टेष्ट राष्ट्र बाहेक अन्य शीर्ष ३ स्थानमा रहने टोलीले डिसेम्बरमा भारतमा हुने इमरर्जिङ एसिया कप खेल्न पाउने छन् । जुन ५० ओभरको हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित एसियाका आईसीसीको शीर्ष ३ वरीयतामा रहेका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

महिला टोलीलाई पनि अवसर

महिला टोलीलाई पनि टेष्ट राष्ट्रसँग खेल्ने अवसर छ । मलेसियामा जुनमा महिला एसिया टी-२० क्वालिफायर हुने छ । यस छनोटमा ८ टोलीको सहभागिता रहने छ । तर सहभागि टोलीको एसीसीले नाम खुलाएको छैन ।

इस्टर्न र वेस्टन रिजनबाट ४ तथा एसीसीले अन्य ४ टोलीलाई सोझैं मौका दिने छ । फाइनलमा पुग्ने टोलीले सेप्टेम्बरमा बंगलादेशमा हुने महिला एसिया कप खेल्ने छन् । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र क्वालिफायरको फाईनलमा पुगेका टिमबीच प्रतिस्पर्धा हुने छ ।

यू-१९ एसिया कप

सन् २०२० को यू-१९ एसिया कप यूएईमा हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित इस्टर्न रिजनबाट दुई र वेस्टन रिजन २०१९ को विजेताबीच प्रतिस्पर्धा हुने छ ।

२०२० को  वार्षिक क्यालेन्डर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै