• २०८१ बैशाख ८ शनिबार

मेसी, रोनाल्डो र भान डाइक युइएफए बर्ष खेलाडीको अन्तिम मनोनयनमा

kharibot

काठमाडौँ । युइएफएले सन् २०१८/२०१९ सिजनको पुरुष प्लेयर अफ द इयरका लागि तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ ।

यस अघि सार्वजनिक गरेको १० जनाको सुचीबाट उत्कृष्ट ३ जना खेलाडी छानिएको हो । 

छानिएका खेलाडीमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र भिगिल भान डाइक रहेका छन् । आगामी अगस्त २९ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र मा विजेताको घोषणा गरिने युइएफएले जनाएको छ ।

अर्जेन्टिनाका मेसी यस बर्ष बार्सिलोनाका लागि च्याम्पियन्स लिग र ला लिगाका शिर्ष गोल कर्ता हुने भने बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका छन् ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई युएईएफए नेशन्स लिग जिताएका छन् भने सो प्रतियोगिताका उच्च गोल कर्ता समेत हुन् । साथै रोनाल्डोले युभेन्टस लाई सिरी ए को उपाधि समेत जिताएका छन् ।

त्यस्तै नेदरल्याण्डसका भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने नेदरल्याण्डसलाई युइएफए नेशन्स लिगको फाइनलमा पुर्याएका थिए ।                   

उत्कृष्ट १० मा परेका अन्य खेलाडीहरुमा चौथो नम्बरमा ब्राजिलका लिभरपुलबाट खेल्ने गोलकिपर एलिसन बेकर जसले ५७ अंक पाए भने पाँचौ स्थानमा सेनेगलका लिभरपुलबाट खेल्ने साडियो मानेले ५१ अंक पाए ।

त्यस्तै छैठौ स्थानमा रहेका इजिप्टका लिभरपुलबाट खेल्ने मोहमद सलाहले ४९ अंक पाए भने सातौ स्थानमा रहेका बेल्जियमका इडेन हजार्डले ३८ अंक पाए ।

त्यस्तै आठौ स्थानमा रहेका नेदरल्याण्डसका माथिस डि लाइटले २७ तथा नेदरल्याण्डस कै फ्र्यांकी डि जंगले पनि २७ अंक पाए । त्यसैगरी दशौ स्थानमा रहेका इङल्याण्डका म्यानचेस्टर सिटीबाट खेल्ने रहिम स्टरलिङले १२ अंक पाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै