रवि लामिछाने पक्राउ

खरीबोट

काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

लामिछाने पक्राउ परेको न्युज २४ को उच्च व्यवस्थापनले खरीबोटलाई पुष्टि गरेको छ ।

यहि साउन २१ गते चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका थिए । उनको साथबाट भेटिएको मोबाइलको भिडियोमा पुडासैनीले लामिछानेका कारण आफुले आत्महत्या गरेको उल्लेख गरेकोले उनलाई पक्राउ गरिएको बुझिएको छ ।

प्रहरीले पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि विहिबार नै अपराहन्न पक्राउ गरिसकेको छ ।    

सम्बन्धित समाचार

पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र लिन शुरु 

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेको छ ।  आरोपित रवि

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने उच्च अदालतमा 

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।  न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले

रवि लामिछानेलाई पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन र विदेश जान रोक

काठमाडौं । संचारकर्मी रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन नपाउने भएका छन् । अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा बोल्न नपाउने भएका हुन् । अदालतले आफ्नो  टेलिभिजन

पुडासैनी मृत्यु प्रकरणमा नाम जोडेर प्रचार गरिएकोमा रेनु दाहालको आपत्ति

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् ।  सडक तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर


z