• २०८१ बैशाख ७ शुक्रबार

बिल्बाओविरुद्ध खेल्ने बार्सिलोनाको टिम सार्वजनिक, मेसी नखेल्ने

kharibot

काठमाडौँ । बार्सिलोनाले एथलेटिको बिल्बाओविरुद्ध हुने यस सिजनको पहिलो ला लिगा खेलका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । 

पहिलो खेलमा लियोनेल मेसी भने इन्जुरिका कारण नखेल्ने भएका छन् । बार्सिलोनाले सार्वजनिक गरेको २७ खेलाडीको सुचिमा मेसी परेका छैनन् ।

हाल इन्जुरीका कारण फिट हुने क्रममा रहेका मेसीले शुक्रबार राति हुने ला लिगाको पहिलो खेल्ने सम्भावना कम रहेको यस अघि नै प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानकारी दिएका थिए ।

मेसीको दाहिने तिघ्रामा समस्या भएका कारण मेसी बार्सिलोनाले गरेको प्रिसिजनको अमेरिका टुरमा समेत सहभागी भएका थिएनन् । सो टुरमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई दुवै खेलमा पराजित गरेको थियो ।

बार्सिलोनाको टिमबाट फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यान र फ्र्यांकी डि जंगले बार्सिलोनाका लागि ला लिगा डेभ्यु गर्ने छन् भने फिलिप कोटिन्हो, लुइस स्वरेज, उसमान डेम्बेलेलगायतका खेलाडी टिममा रहेका छन् ।       

बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार राति १२:४५ मा खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै