अक्षयको 'मिशन मंगल' अजय र सलमानको रेकर्ड तोड्न असफल

खरीबोट

मुम्बई । बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको अक्षयकुमार को फिल्म मिशन मंगलले पहिलो दिन रेकर्ड कलेक्सन गरेको छ ।

मिशन मंगलले रिलिजको पहिलो दिन २९ करोड १६ लाख कलेक्सन गर्दै अक्षयकुमारको क्यारियरकै पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । यो फिल्म भारतमा ३ हजार स्क्रिनमा रिलिज भएको छ ।

अक्षयको यस अघि रिलिज फिल्म २१०८ मा गोल्डले २५ करोड २५ लाख कलेक्सन गरेको थियो भने २०१६ मा रिलिज भएको रुस्तमले १४ करोड ११ लाख र २०१७ मा रिलिज भएको टवाइलेट एक प्रेम कथाले पहिलो दिन १३ करोड १० लाख कलेक्सन गरेको थियो ।

मिशन मंगल विज्ञान विषयमा बनेको पहिलो फिल्म मानिएको छ । फिल्मलाई विश्लेषकहरुले राम्रो समिक्षा दिएका छन् ।

यस फिल्ममा अक्षयका अलावा विद्या बालन, सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन् ।

बलिवुडमा १५ अगस्टमा रिलिज भएर अहिलेसम्म धेरै कलेक्सनको रेकर्ड अजय देवगनको फिल्म संघम रिटर्नसको रहेको छ । संघम रिटर्नसले पहिलो दिन ३२ करोड कलेक्सन गरेको थियो । त्यस्तै १५ अगस्टमै रिलिज भएको सलमान खानको फिल्म एक था टाइगरले ३१ करोड कलेक्सन गरेको थियो ।

अक्षयको यस फिल्मले सलमान र अजयको यो रेकर्ड तोड्ने विस्वास गरिएको भएपनि मिशन मंगल सो रेकर्ड तोड्न भने असफल भएको छ ।

फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् भने फिल्मलाई होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।

त्यस्तै १५ अगस्टमै रिलिज भएको जोन अब्राहीमको फिल्म बाटला हाउसले पहिलो दिन १४ करोड ५९ लाख कलेक्सन गरेको छ ।                      
 

सम्बन्धित समाचार

‘छिछोरे’ को बक्सअफिसमा शानदार कमाई, १२ दिनमा सय करोड क्लबमा 

काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको १२औ दिनमा सय करोड कमाई गरेको छ । दर्शक

आयुष्मानको 'ड्रिम गर्ल' को बक्स अफिसमा जादु  

काठमाडौँ । बलिवुडमा गत शुक्रबार देखि रिलिज भएको अभिनेता आयुष्मान खुरानाको फिल्म ड्रिम गर्ल अहिले निकै चर्चामा रहेको छ । फिल्मले रिलिजको तीन दिनमा ४४ करोड ५७ लाख कमाई गर्दै तीन

बलिवुडमा सय करोड क्लबमा कसका कति फिल्म ? अक्षयकुमार सबैभन्दा अगाडी

काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमार सबै भन्दा बढी सय करोड  कमाई गर्ने अभिनेता हुन् । अक्षयका अहिलेसम्म ११ वटा फिल्मले भारतीय बक्स अफिसमा सय करोडभन्दा बढी कमाई गरेका छन् । यसैबीच

मिशन मंगलको बम्पर कमाईपछि बक्स अफिसमा अक्षयकुमारको नयाँ रेकर्ड

मुम्बई । बलिवुडका खेलाडी कुमार उपनामले चर्चित अक्षयकुमारको गत अगष्ट १५ मा रिलिज फिल्म मिशन मंगलले दुई सय करोडको कमाई गरेको छ । मिशन मंगल अक्षयकुमारको क्यारियरकै अहिलेसम्म २ सय करोड


z