• २०८१ बैशाख १२ बुधबार

इडेन हजार्ड घाइते, ला लिगाको पहिलो खेल नखेल्ने

kharibot

काठमाडौँ । बेल्जियमका स्टार फुटबलर इडेन हजार्डले रियल म्याड्रिडमा आफ्नो पहिलो ला लिगा खेल गुमाउने भएका छन् । 

रियल म्याड्रिडले हजार्डको इन्जुरी कन्फर्म गर्दै सेल्टा भिगोविरुद्धको शनिबारको पहिलो खेलमा उनी नखेल्ने जानकारी दिएको छ ।

गत जेठमा मात्र हजार्ड प्रिमियर लिग क्लब चेल्सीबाट रेकर्ड ११३ मिलियन अमेरिकी डलरमा रियल म्याड्रिड गएका थिए । हजार्डले रियलका लागि प्रिसिजनमा भएका खेलमा त्यति राम्रो प्रदर्शन भने गरेका छैनन् । अभ्यास खेलमा हजार्डले केवल एक गोल गरेका छन् ।

हजार्ड नखेल्ने भएपछि अब उनको ठाउमा ग्यारेथ बेलले सेल्टाविरुद्ध खेल्ने सम्भावना बढेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै