• २०८१ बैशाख ६ बिहीबार

रवि शास्त्री फेरी बने भारतीय क्रिकेट टिमको कोच

kharibot

काठमाडौँ । रवि शास्त्री भारतीय राष्ट्रिय क्रिकेट टिमको कोचमा फेरी नियुक्त भएका छन् ।

क्रिकइन्फोका अनुसार शास्त्रीलाई २०२१ मा हुने टी-२० विश्वकप सम्मका लागि मुख्य कोचमा नियुक्त गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको एडभाइजरी कमिटीको आज मुम्बईमा बसेको बैठकले सो निर्णय गरेको हो । कमिटीले यस अघि अन्तिम चरण का लागि छनौट गरेका ६ मध्ये ५ उम्मेदवारसँग आज मुम्बईमा नत्र्वारता लिएको थियो ।

छनौट प्रक्रियामा न्युजील्याण्ड का पुर्व कोच माइक हेस्सन र श्रीलंकाका पुर्व कोच टम मुडीदोस्रो र तेस्रो भएको एडभाइजरी कमिटीका संयोजक कपिलदेवलाई उदृत गर्दै क्रिक इन्फोले लेखेकेको छ ।

भारतीय मिडियाहरुको रिपोर्ट अनुसार करिब २ हजारभन्दा बढी आवेदनबाट ६ जनाको नाम अन्तिम चरणका लागि छनौट गरिएको हो ।

अब भारतीय टिमको मुख्य प्रशिक्षकको दौडमा वर्तमान प्रशिक्षक रवि शास्त्री, न्युजील्याण्डका पुर्व प्रशिक्षक माइक हेसन, अस्ट्रेलिया तथा श्रीलंकाका पुर्व कोच टम मुडी, वेस्टइन्डिज र अफगानिस्तानका पुर्व कोच फिल साइमन्स, भारतीय टिमका पुर्व म्यानेजर लालचन्द राजपुत, भारतका पुर्व फिल्डिङ कोच रोबिन सिंह रहेका थिए ।

भारतीय टिमको प्रशिक्षक छान्ने जिम्मा पुर्व क्रिकेटर कपिल देवको नेतृत्वमा रहेको क्रिकेट सल्लाहकार समितिले गरिरहेको थियो । भारतीय कप्तान विराट कोहलीले समेत शास्त्री फेरी कोच बनेमा आफु खुशी हुने सार्वजनिक रुपमा नै बताएका थिए ।

हाल भारतको कोच रहेका शास्त्री २०१७ मा कोच बनेर गत मार्चमा उनको पदावधि सकिने भएको भएपनि विश्वकप सम्म र पछि अहिले जारी रहेको वेस्टइन्डिज टुर सम्मका लागि म्याद थप गरिएको थियो ।

कोचको रुपमा शास्त्रीले २१ टेस्ट, ६१ एकदिवसीय ३ ३६ टी-२० खेल खेलेका छन् । जसमा भारतलाई टेस्टका २१ खेलमा ११, एकदिवसीयका ६१ मा ४४ र टी-२० का ३६ मा २५ खेल जिताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै