• २०८१ बैशाख ८ शनिबार

मलेसियन च्याम्पियनसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा

kharibot

काठमाडौँ । मलेसियाली च्याम्पियन जोहोर दारुल टा जिमविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ ।

आज घोषणा गरीएको टिममा नियमित कप्तान विराज महर्जनलाई परेका छैनन् । स्विडिस प्रशिक्षक योहान कालिनले विराज बिनाको टिमको घोषणा गरेका हुन् । अन्य कारण भन्दापनि नयाँ खेलाडीलाई अवसर दिन सल्लाहमै विराजलाई बिश्राम दिएको बुझिएको छ ।  
त्यस्तै टिममा विराजका अलावा गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द समेत परेका छैनन् ।

अहिले विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेल अघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने छ । त्यसपछि नेपालले विश्व कप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेसँग खेल्नेछ ।

नेपाली टोली :

गोलकिपर : विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ ।
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल ।
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई ।
फरवार्ड : विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

यो मैत्रीपूर्ण खेल भदौ ९ ( अगस्ट २६) गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग मलेसियाको पासार गुडांग स्टेडियममा हुने छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै