फेसबुकको मेसिन ट्रान्सलेटरले 'गुड मर्निङ'लाई 'अट्याक देम' भनेपछि ...

खरीबोट
ad

युरोप । फेसबुकले मेसिन ट्रान्सलेसनमा समस्या भएको भन्दै क्षमा मागेको छ । फेसबुकको गल्तीकै कारण एक जना प्यालेस्टिनी नागरिकलाई इजरायली प्रहरीले पक्राउ गरेको थियो । गुड मर्निङ टाइप गरी पोष्ट गर्दा त्यसको अनुवाद फेसबुकले अट्याक देम गरिदिएपछि ती प्यालेस्टिनी इजरायली प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ परेका मानिस जेरुसेलमनजिकैका एक मजदुर हुन् । उनले बुलडोजरसँगै तस्बिर खिचेर युसुबिहुहुम पोष्ट गरेका थिए, त्यसको अर्थ शुभप्रभात हुने भए पनि फेसबुकले हिब्रु भाषामा अट्याक देम (आक्रमण गर) भन्ने अर्थ लगाइएको थियो । फेसबुकको मेसिन ट्रान्सलेसन माइक्रोसफ्टको बिंगसँग सहकार्य गरी २०१६ मा सुचारु गरिएको थियो ।

गलत अर्थ लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध बुलडोजर प्रयोग गरेर भेहिकल अट्याक गर्नखोजेको अर्थ लगाउँदै घण्टौँ सोधपुछ गरिएको थियो । उनले अरेबिक भाषामा पोष्ट गरेका थिए । इजरायलले प्यालेस्टिनीहरुको सामाजिक सञ्जालको समेत निगरानी राख्ने गरेको छ । मेसिन ट्रान्सलेसनमा यस्ता कैयाँै गल्तीहरु हुने गरेको छ । यही महिनाको सुरुवाती दिनमा चिनियाँ सामाजिक सञ्जाल विच्याटले पनि यस्तै गल्ती अनुवाद गरेको थियो । विच्याटले ब्ल्याक फरेनरको साटो एन–वर्ड टाइप गरेको थियो ।

सम्बन्धित समाचार

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरी

सनफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड

फेसबुकले सिर्जनालाई 'अरिङ्गालवाली' बनायो  

बेनी। अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन्  ।  लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण

शिक्षामा पुर्याएको योगदानबापत कार्कीको सम्मान गर्दै फेसबुक

काठमाडौँ । फेसबुक कम्युनिटी लिडरसिप प्रोग्राम २०१८ अन्तर्गत फेसबुकले संखुवासभा जिल्लाका सूर्य कार्कीलाई सामुदायिक शिक्षामा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गर्ने भएको छ । कार्की हाल युनाइटेड वर्ल्ड स्कुल्स नेपालका संस्थापक, क्षेत्रीय

फेसबुकका पाँच करोड एकाउन्ट ह्याक, मानिसहरुको गोप्य सूचना चुहावट 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्ना ५ करोड प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको जनाएको छ । कम्पनीका अनुसार ह्याकरहरुले भ्यु एज नामको फिचर प्रयोग गरी मानिसहरुको एकाउन्टसम्म पहुँच पुर्याएका हुन् ।  गत


z