• २०८१ बैशाख ८ शनिबार

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

kharibot

रुकुमपूर्व । मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन आएका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै