• २०८१ बैशाख १३ बिहीबार

मैत्रीपूर्ण खेलका लागि ब्राजिलको टिममा नेइमार र भिनिसीयस फर्किए

kharibot

काठमाडौँ । ब्राजिलले आगामी सेप्टेम्बरमा खेल्ने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि आफ्नो टिमको घोषणा गरेको छ ।

हालै सम्पन्न कोपा अमेरिका जितेको ब्राजिलले कोपामा घाइते भएका कारण नखेलेका दुई स्टार खेलाडी नेइमार र भिनिसियस जुनियरलाई टिममा समावेश गरेको छ ।

ब्राजिलको अमेरिकामा हुने यी दुई खेलका लागि कोपा खेलेका ७ खेलाडीलाई भने बाहिर राखिएको छ । जसमा कास्सियो, मिरन्डा, फिलिप लुइस, विलियन, फर्नानडिन्हो र एभर्टन छन् भने अर्का खेलाडी गाब्रियल जिसस प्रतिबन्धका कारण यस टुरमा समावेश भएका छैनन् ।

कोलम्बिया र पेरुसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि छानिएका खेलाडी :

गोलकिपर : एडरसन, वेभर्टन, इभान ।
डिफेन्डर : डानी आल्भेज, फागनर, सान्ड्रो, जोर्ज, मार्क्युनहोस, थियागो सिल्भा, मिलिटाओ, समिर ।
मिडफिल्डर : कासेमिरो, अर्थर, एलान, फाबिन्हो, पाक्वेटा, कोटिन्हो ।
फरवार्ड : हेनरिक, नेरेज, फिर्मिनो, भिनिसियस, रिचार्लिसन र नेइमार ।

ब्राजिल आगामी सेप्टेम्बर ७ मा कोलम्बिया र सेप्टेम्बर ११ मा पेरुसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै