बार्सिलोनाद्वारा सिजनको खराब सुरुवात, लिगको पहिलो खेलमा पराजित

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगाको पहिलो खेलमा गत सिजनको च्याम्पियन बार्सिलोना पराजित भएको छ ।

गएराती बार्सिलोनाले खेलेको एथलेटिक बिल्बाओसँग १-० गोल अन्तरले पराजित भएको हो । बिल्बाओको जितमा खेलको ८९औ मिनेटमा अडूरिजले निर्णायक गोल गरेका थिए । अडूरिजको यो गोल यस सिजनको ला लिगाको पहिलो गोल समेत बनेको छ । 

आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाले खेलको ३२औ मिनेटमा लुइस स्वरेजलाई पनि गुमाएको थियो । स्वरेज खेलको पहिलो हाफमै इन्जुरीका कारण मैदानबाट बाहिरिएका थिए ।

त्यस्तै यस खेलमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोटिन्हो समेत जर्मनी क्लब बायर्न म्युनिख जाने भएपछि अनुपस्थित रहेका थिए ।

यसै खेलमा बार्सिलोनाका लागि ला लिगा डेभ्यु गरेका फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यान र फ्र्यांकी डि जंगको प्रयास असफल भएको थियो ।

मेसी, स्वरेज र कोटिन्हो नभएको अवस्थामा आफ्नो प्रभाव देखाउने अवसर पाएका ग्रीजम्यानले सो अवसरको सदुपयोग गर्न नसकेको रुपमा यस हारलाई हेरिएको छ ।

अब बार्सिलोनाले अर्को खेल अर्को आइतबार रियल बेटिसविरुद्ध खेल्दै छ भने एथलेटिकले गेटाफेविरुद्ध खेल्दै छ ।

सम्बन्धित समाचार

निर्णायक गोल गर्दै नेइमारले पिएसजीलाई जिताए

काठमाडौं । फेन्च लिग वानमा नेइमारले निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका छन् । क्लब छोड्ने अनेकौ विवादका बीच पिएसजीमै रहेका नेइमारले गएराती स्ट्रासबर्गविरुद्धको खेलबाट पिएसजीका लागि सिजन डेभ्यु गर्दै निर्णायक गोल

भलेन्सियामाथि बार्सिलोनाको जित, १६ बर्षिय फातीको उत्कृष्ट प्रदर्शन

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि लुइस स्वरेजले २ गोल

रियलको जितमा बेन्जामाको दुई गोल

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । रियलले आफ्नै घरेलु मैदानमा शनिबार भएको खेलमा लेभान्टेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा क्रिम बेन्जामाले २

गोलकिपर केलोर नाभासले रियल म्याड्रिड छोडे

काठमाडौँ । रियल म्याड्रिडमा ६ सिजन खेलेका गोलकिपर केलोर नाभासले रियल म्याड्रिड छोडेर पिएसजी गएका छन् । कोस्टारिकाका ३२ बर्षिय गोल किपरले रियल म्याड्रिडमा लगातार खेल्ने अवसर नपाएपछि पिएसजीमा लोनमा गएका


z