• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनाद्वारा सिजनको खराब सुरुवात, लिगको पहिलो खेलमा पराजित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगाको पहिलो खेलमा गत सिजनको च्याम्पियन बार्सिलोना पराजित भएको छ ।

गएराती बार्सिलोनाले खेलेको एथलेटिक बिल्बाओसँग १-० गोल अन्तरले पराजित भएको हो । बिल्बाओको जितमा खेलको ८९औ मिनेटमा अडूरिजले निर्णायक गोल गरेका थिए । अडूरिजको यो गोल यस सिजनको ला लिगाको पहिलो गोल समेत बनेको छ । 

आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाले खेलको ३२औ मिनेटमा लुइस स्वरेजलाई पनि गुमाएको थियो । स्वरेज खेलको पहिलो हाफमै इन्जुरीका कारण मैदानबाट बाहिरिएका थिए ।

त्यस्तै यस खेलमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोटिन्हो समेत जर्मनी क्लब बायर्न म्युनिख जाने भएपछि अनुपस्थित रहेका थिए ।

यसै खेलमा बार्सिलोनाका लागि ला लिगा डेभ्यु गरेका फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यान र फ्र्यांकी डि जंगको प्रयास असफल भएको थियो ।

मेसी, स्वरेज र कोटिन्हो नभएको अवस्थामा आफ्नो प्रभाव देखाउने अवसर पाएका ग्रीजम्यानले सो अवसरको सदुपयोग गर्न नसकेको रुपमा यस हारलाई हेरिएको छ ।

अब बार्सिलोनाले अर्को खेल अर्को आइतबार रियल बेटिसविरुद्ध खेल्दै छ भने एथलेटिकले गेटाफेविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै