• २०८१ बैशाख ७ शुक्रबार

जर्मनी च्याम्पियन बायर्न बराबरीमा रोकियो

kharibot

काठमाडौँ । जर्मनी च्याम्पियन बायर्न म्युनिखले बोन्डेसलिगाको नयाँ सिजनमा औसत सुरुवात गरेको छ ।

लिगको पहिलो खेलमा हेर्था बर्लिनसँग बायर्न २-२ गोलको बराबरीमा रोकिएको हो । बराबरीमै रोकिएपछि बायर्नले नयाँ सिजनमा विजयी सुरुवात गर्न असफल भएको हो ।

दुई मिनेट भित्र हेर्थाले २ गोल गरेपछि बायर्न २-१ गोलले पछि परेको थियो । हेर्थाका लागि डोडी लुकेबाकियोले खेलको ३६औ मिनेटमा र मार्को ग्रुजिकले खेलको ३८औ मिनेटमा गोल गर्दै बायर्नविरुद्ध अग्रता हासिल गरेका थिए ।

तर खेलको ६०औ मिनेटमा बायर्नले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोबेर्टो लेवानडोस्कीले खेल बराबर गरेका थिए । लेवानडोस्कीले यस अघि खेलको २४औ मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

आफ्ना दुई ठुला स्टार फ्र्यांक रिबेरी र आर्जे रोबिनले छोडेपछि नयाँ खेलाडी भित्र्याउन असफल भएको बयार्नले अन्तत: ब्राजिलियन स्टार खेलाडी फिलिप कोटिन्होलाई बार्सिलोनाबाट लोनमा भएपनि ल्याउन सफल भएकोले अब बायर्नको टिम सशक्त हुने विश्वास गरिएको छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै