• २०८१ बैशाख ७ शुक्रबार

बोरिस जोनसन र म्याक्रोनबीच ब्रेजिक्टबारे छलफल हुने

kharibot

पेरिस । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ब्रेजिक्टका बारेमा कुराकानी गर्ने भएका छन् । 

अर्को हप्ता हुने जि सेभेनको शिखर सम्मेलनका क्रममा उनीहरुका बीचमा कुराकानी हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । यही अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा उहाँहरुबीच भेटवार्ता हुने सम्भावना रहेको हो ।

जर्मन चान्सलर एङ्गेला मर्केलका एक जना प्रवक्ताले पनि जोनसनसँग बर्लिनमा “चाँडै भेट हुने अपेक्षा गरिएको” शुक्रबार बताएकी छन् ।

“चान्सलर र नयाँ प्रधानमन्त्री बोरिसबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको छ, तर ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना रहेको छ”, ती प्रवक्ताले भने ।

बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली सङ्घको भूमिकामा भर पर्ने जोनसोन सरकारले बताउँदै आएको छ ।  

यसमा फ्रान्सको भूमिका महत्वपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जोनसोन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै