• २०८१ बैशाख ७ शुक्रबार

वरिष्ठ कलाकार अधिकारीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

kharibot

काठमाडौँ । वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।

दम र निमोनिया रोगले पीडित अधिकारीको आज बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गरेकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।

स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गरेकी थिइन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

विसं २००४ भदौ २० गते जन्मिएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । 

कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाउनुभएकी अधिकारीका एक छोरा र एक छोरी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै