• २०८१ बैशाख १३ बिहीबार

आर्चरको बाउन्सर लागेर मैदानमा ढले स्मिथ !

kharibot

काठमाडौँ । इङल्याण्ड र अस्ट्रेलियाबीचको जारी दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ बलले लागेर रिटायर हर्ट भएका छन् ।

स्मिथ जोफ्रा आर्चरक बल लागेर घाइते भएपछि मैदानमा ढलेका थिए । आर्चरले फालेको १४८ किमी प्रतिघन्टाको गतिमा फालेको बल स्मिथको गर्धनमा लागेपछि उनी मैदानमा ढलेका थिए । स्मिथ मैदानमा ढल्ना साथ दुवै टिमका खेलाडी र मेडिकल टिम स्मिथसँग पुगेका थिए ।

डाक्टरको प्राथमिक उपचार पछि उठेका स्मिथ खेल्न चाहे पनि डाक्टरको सल्लाह अनुसार मैदान छोडेका थिए । स्मिथले मैदान छोडदा दर्शकले आआफ्नो स्थानमा उठेर स्मिथको सम्मान गरेका थिए ।

स्मिथको अहिले डाक्टरहरुले थप उपचार गरिरहेको बताइएको छ । स्मिथ रिटायर हर्ट भएपछि अहिले पिटर सिडडल ब्याटिंगका लागि गएका छन् ।

अस्ट्रेलियाले खेलको चौथो दिन ६ विकेट गुमाएर २१८ रन बनाएको छ । दोस्रो टेस्टको पहिलो इनिंगमा इङल्याण्डले २५८ रन बनाएको छ ।

अपडेट : स्मिथको चोट ठुलो नभएको पाइएपछि अस्ट्रेलियाको सातौ विकेट गएपछि उनी फेरी ब्याटिंगका लागि मैदानमा आएका छन् ।         

     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै