हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुदैन : डा. बाबुराम भट्टराई

खरीबोट

गोरखा । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताएका छन् ।  

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उनले सो कुरा बताए । 

‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उनले भने, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ अध्यक्ष डा भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताए । 

उनले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकता सहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।

उनले बिचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै बर्ग, क्षेत्र, लिङग् तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताए ।  

पूर्वप्रधानमन्त्री समेत रहेका सांसद डा. भट्टराईले उत्पादन बृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राखे । उत्पादनमा बृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक सम्बृद्धि हुन नसक्ने उनको भनाई छ । 
 

सम्बन्धित समाचार

डा. बाबुराम भट्टराईले भने – सरकारको इजार फुस्कियो

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भारतीय नयाँ नक्शाका बारेमा निकालेको विज्ञप्तीको बारेमा खरो टिप्पणी गरेका छन् । डा. भट्टराईले विज्ञप्तिमा

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा साख बढाएको छ : डा. भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रिय स्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा बिहिबार

बाबुरामको प्रश्न - कमरेडहरू सामाजिक फासिवादतिर उन्मुख भएकै हुन् ?

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि हिजो (शनिबार) चितवनमा भएको आक्रमणलाई लिएर सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुलाई

संविधान संशोधन नगरेर ठूलो गल्ती हुदै छ - डा. बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेर ठूलो गल्ती गरिरहेको बताएका छन् । संघीय संसदको बजेट अधिवेशन समापनका क्रममा बिहीबार बोल्दै उनले


z