• २०८१ बैशाख १४ शुक्रबार

ला लिगामा रियल म्याड्रिडको विजयी सुरुवात

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

गएराती सम्पन्न ला लिगाको पहिलो खेलमा सेल्टा डिभिगालाई ३-१ गोल नत्र्ले पराजित गर्दै रियलले विजयी सुरुवात गरेको हो ।

रियलको जितमा करिम बेन्जामा, टोनी क्रुज र लुकास भेजक्वेजले एक एक गोल गरेका थिए । त्यस्तै सेल्टाका लागि एक गोल इकर लोसाडाले गरेका थिए ।

रियल म्याड्रिडका लुका मोड्रीचले खेलको ५६औ मिनेटमा रातो कार्ड खाएर मैदान छोडेपछि सेल्टाको घरेलु मैदानमा १० खेलाडीमा सिमित भएको थियो ।

साथै लामो विवाद र रस्साकस्सीक बीच ग्यारेथ बेलले ला लिगाको पहिलो खेलमा नै खेल्ने अवसर पाए र अवसरको सदुपयोग गर्दै बेलले पहिलो गोलको अवसर सिर्जना गरेका थिए ।

इडेन हजार्ड घाइते भएर पहिलो खेल गुमाएपछि दबाबमा आएका जिदानले बेललाई दिएको मौकाको बेलले सहि सदुपयोग गरेका थिए ।

अब रियल म्याड्रिडले आउदो शनिबार रियल भल्लाडोलिडसँग घरेलु मैदानमै खेल्ने छ भने सेल्टाले भलेन्सियासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै