• २०८१ बैशाख ६ बिहीबार

लिभरपुलको जितमा माने र फिर्मिनोको गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबेर्टो फिर्मिनोले एक एक गोल गरेका थिए । त्यस्तै साउथहम्पटनका लागि  डानी इन्ग्सले एक गोल फर्काएका थिए ।

यो जितसँगै लिभरपुलले लगातार ११ प्रिमियर लिगका खेल जितेको छ । लिभरपुलले यस सिजनमा खेलेका दुवै खेल जितेर सिजनको उत्कृष्ट सुरुवात गरेको छ ।

अब लिभरपुलले आउदो शनिबार आर्सनलसँग खेल्ने छ भने साउथहम्पटनले भने ब्राइटनविरुद्ध खेल्ने छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै