• २०८१ बैशाख ८ शनिबार

म्यानचेस्टर सिटी र टोटनह्याम बराबरीमा रोकिए

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा सिटी टोटनह्यामसँग बराबरीमा रोकिएको हो ।

सिटी र टोटनह्याम दुवैले २-२ गोल गरेपछि दुवैले अंक बाडेका हुन् । सिटीका लागि रहिम स्टरलिङ र सर्जियो अग्युरोले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि एरिक लामेला र लुकास मउराले एक एक गोल गरेका थिए ।

यस खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भार) का कारण फेरी विवादित बनेको छ । सिटीका गाब्रियल जिससले गरेको गोल रेफ्रीले भारको मद्धतले गोल दिन अस्विकार गरेका थिए ।

यस अघि लगातार १६ प्रिमियर लिग जितेको सिटी २०१९ को जनवरीदेखि पहिलो पटक जितविहिन बनेको छ ।

पहिलो खेल जितेका दुवै टिमले दोस्रो खेलमा अंक बाड्न बाध्य भएका छन् ।

अब सिटीले अर्को खेल बोर्नमाउथसँग खेल्ने छ भने टोटनह्यामले न्युक्यासलसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै