• २०८१ बैशाख ६ बिहीबार

कार्ल्सबर्ग गल्फ सिरिजको उपाधि बस्ताकोटी र छिरिङले जिते 

kharibot

काठमाडौं । कार्ल्सबर्ग गल्फ सिरिज् २०१९ को दोश्रो लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोश्रो सिरिज् भव्यरुपमा समाप्त भएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फ प्रतिको माया देखिएको थियो । 
३ वटा सिरिज् मध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो । 

यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो नेट बिजता भरत बस्ताकोटीले ३८ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने टासी छिरिङ डङ्गले ३६ ग्रस अंक प्राप्त गरी दोश्रो सिरिजको ग्रस च्याम्पीयन बन्न सफल भएका छन् ।

त्यस्तै राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता र  एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप–विजेता बने ३७ अंक काउन्ट ब्याग साथ आश्रिया बानु महिलातर्फका विजेता बन्न सफल भएकी छिन् । त्यस्तै ३७ अंकका साथ कश्मीरा शाह उप विजेता बनेकी छन् । यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा  ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावल उप विजेता बन्न सफल भए ।

४ बर्डिजका साथ तेन्जीङ छिरिङले मष्ट बर्डिजका उपाधि जिते ।  दाबा जे शेर्पा र आर एम श्रेष्ठले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।  

सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ १ सय ५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।
ग्रस सेक्सनमा  १ सय ५० अंकका साथ टासी छिरिङ्ग डङ्ग लिडरबोर्डको टपमा छन् । यसै गरी  एन जे रायमाझी  १०५ अंकका साथ दोश्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बी मल्ल र सुरेंद्र फुयाल तेस्रो स्थानमा छन् । 

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा  होल्स थिए र ८४ गल्फर सहभागी भएका थिए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको कार्ल्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै कार्ल्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको काल्र्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै कार्ल्सबर्ग सहयोगी प्रायोजककोरुपमा अगाडि आइरहेको छ ।”

गोर्खा ब्रुअरीका बजार प्रबन्धक रोजन अमात्यले भने, “यस प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यका अनुसार, “ कार्ल्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै