• २०८१ बैशाख ६ बिहीबार

हुलाकी सडकको पुल बर्षौदेखि बेबारिस

kharibot

बर्दिया(गुलरिया) ।  हुलाकी सडक अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकाको बबई क्याम्पस पश्चिम नजिक रहेको बुढी खोलाको पुलको सम्पुर्ण डिजाईन समयमा नआउँदा पुल बेबारिसे अवस्थामा पुगेको छ ।

हुलाकी राजमार्ग अन्तरगत गुलरिया नगरपालिका बडा नं ३ र बडा नं ४ को सिमामा रहेको यो भत्केको बुढि खोला(स्थानीय नाम)को निर्माणाधिन ४० मिटर लामो पुल बेबारिसे अवस्थामा पुगेको छ ।

बबई नदीमा २०७१ सालमा आएको बाढीले बगाएको बुढि खोलको पुल निर्माणका लागि २०७३ साल असार ५ गते ठेक्का सम्झौता भएको र सो पुल ०७५ असार मसान्त सम्म सम्पन्न गर्नु पर्ने भए पनि हुलाकी सडक विभागले विभिन्न समयमा डिजाइन परिवर्तन गरिरहदा समयमा हाल सम्म पनि पुल निर्माणाधिन अवस्थामा नै रहेको छ ।

हाल सम्म पनि हुलाकी सडकले पुलको सम्पुर्ण डिजाईन नदिदा हाल सम्म निर्माण कार्य ठप्प रहेको बुढि खोला(भत्केको पुल) पुलको साईड ईन्चार्ज धन बहादुर चौधरीले बताए । 

४ करोड ४८ लाख ८८ हजार(भ्याद बाहेक)मा पुल निर्माणको जिम्मा ठेकेदार कम्पनी राजेन्द्र सिद्धीनाथ-यादव जेभिले लिएको छ ।

पुल निर्माणका क्रममा डिजाइन परिवर्तन भईरहनु र समयमा पुलको डिजाईन प्राप्त नहुनु पुल निर्माण कार्य समयमा सम्पन्नमा ढिलाई प्रमुख कारण रहेको समेत चौधरीले भने ।

हुलाकी सडकको बुढि खोलाको पुल २०७१ साउनमा आएको बाढिले भत्काउँदा बर्षौ देखि जनताले सास्ती पाईरहेको नेपाल यातायात बस व्यावसायी महासंघका केन्द्रिय सचिव एंव नेपाली कांग्रेस बर्दियाका सदस्य शम्भु प्रसाद रिजालले बताए । 

जानकारी प्राप्त भएको अनुसार निर्माण कार्य सुरु भएपछि पनि हुलाकी सडकले विभिन्न समयमा पुलको डिजाइन चेन्ज गरिरहेकाले पुल समयमा सम्पन्न नभएकोले हुलाकी सडक आयोजना दोसि देखिएको रिजालले भने । जहिले पनि ठेकेदारलाई मात्र दोसि देख्ने मनस्थिती रहेकाले यसमा परिवर्तन ल्याउनु पर्ने समेत रिजालले बताए ।

पुल समयमा नबन्नुमा हुलाकी सडक दोखि देखिएकाले जनतालाई हिडडुल गर्न सास्ती खेप्न बाध्य पार्नेलाई सरकारले त्यस्ता डिजाइनर र कार्यालयलाई कार्यवाहिका लागि पहल गर्नु पर्ने र यसमा स्थानीय प्रशासनले समेत चासो लिनु पर्ने समेत रिजाल बताए ।

गुलरियाको बुढि खोलाको पुल(भत्केको पुल)को निर्माण कार्य समयमा सम्पन्न नहुनुमा पुलको डिजाइन विभिन्न समयमा परिवर्तन भईरहनुले पुल समयमा सम्पन्न हुन नसकेको हुलाकी सडक आयोजना बाकेका ईन्जिनियर राम सागर हरिजनले बताए । 

हुलाकी सडक आयोजनाले ठेकेदारलाई समयमा पुलको डिजाईन नदिदा र विभिन्न समयमा निर्माण कार्य भए पनि पुलमो डिजाईन परिवर्तन भईरहनुले पुल समयमा सम्पन्न नहुनुमा हुलाकी सडक आयोजना दोसि रहेको समेत हरिजनले बताए । निर्माण कार्य भइरहेको पुलको छड र प्याडल बेरिङ्ग लगायत अन्य डिजाइनहरु परिवर्तन हुदाँ काममा ढिलाई भईरहेको ईन्जिनियर हरिजनले बताए । 

हाल पुलको डिजाइन सम्पन्न भईसकेको र ठेकेदार डिजाईन पठाइसकिएकोले बर्षा लगक्तै छिटै नै निर्माण सुरु हुने समेत हरिजनले भने । डिजाइन परिवर्तन भईरहेकाले ठेकेदारले निर्माण कार्य सम्पन्नका लागि म्याद थपका लागि निवेदन दिएको समेत उनले थपे । विभिन्न समयमा निर्माण कार्य भईरहेको स्थानको निरिक्षण भईरहेकाले समेत उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै