• २०८१ बैशाख ८ शनिबार

निर्वाचन पछि मलाई पनि बस्ने मन छैन, धैर्य गरौँ– प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो निर्वाचन पछि आफु नेतृत्वमा नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउदो निर्वाचन पछि आफुलाई बस्न मन नभएको प्रष्ट पारेका हुन् । 

प्रधानमन्त्री ओलीले पद नगएको कोहि दुनियामा आफुले नदेखेको बताउदै जननिर्वाचित सबैको पद जाने बताउदै आगामी निर्वाचनपछि आफुलाई बस्ने मन नभएको बताए । प्रधानमन्त्रीले निर्वाचनसम्म धैर्य गर्न आग्रह गरेका छन् ।

उनले भने,' पद नगएको कोहि दुनियामा मैले दुनियामा कोहि देखेको छैन । जननिर्वाचित सबैको पद एक दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्ने मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्दछु ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै