• २०८१ बैशाख ८ शनिबार

न्युजील्याण्डमाथि श्रीलंकाको जित, कप्तान करुणारत्नेले खेले शतकीय पारी

kharibot

काठमाडौँ । श्रीलंकाले न्युजील्याण्डविरुद्धको पहिलो टेस्टमा ऐतिहासिक जित हासिल गरेको छ । टेस्टको पाँचौ दिन श्रीलंकाले आफ्नो घरेलु मैदानमा अहिलेसम्मकै ठुलो लक्ष्यलाई चेज गर्दै पहिलो टेस्टमा जित हासिल गरेको हो ।

पहिलो टेस्ट भएको गाली स्टेडियममा अहिलेसम्म चौथो इनिंगमा ९९ रन मात्र चेज भएको इतिहास छ । श्रीलंकाले ६ विकेटको जित हासिल गर्ने क्रममा कप्तान डिमुथ करुणारत्नेले शतकीय पारी खेलेका थिए । करुणारत्नेले आफ्नो क्यारियरको नवौ टेस्ट शतक प्रहार गरेका थिए ।

त्यस्तै श्रीलंकाको जितमा लाहिरु थिरिमानेले ६४ रनको महत्वपूर्ण पारी खेलेका थिए । त्यस्तै कुसल मेन्डिज १० रन, एन्जोलो म्याथ्युज अविजित २८, कुसल परेराले २३ रन र धनन्जय डि सिल्भाले अविजित १४ रन बनाएका थिए ।

त्यस्तै न्युजील्याण्डका लागि ट्रेन्ट बोल्ट, टिम साउथी, विलियम सोमेरभिल र अजित पटेलले एक एक विकेट लिएका थिए ।

यस अघि न्युजील्याण्डले पहिलो इनिंगमा २४९ र दोस्रो इनिंगमा २८५ रन बानाएको थियो भने श्रीलंकाले पहिलो इनिंगमा २६७ रन बनाएको थियो ।

यो जितसहित श्रीलंकाले टेस्ट च्याम्पियनसिपमा ६० महत्वपूर्ण अंक हासिल गरेको छ । श्रीलंकाले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब श्रीलंका र न्युजील्याण्डबीचको दोस्रो टेस्ट यहि अगस्ट २२ देखि शुरु हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै