• २०८१ बैशाख ८ शनिबार

अक्षयको मिशन मंगल सय करोड तिर, तीन दिनमा यस्तो छ कलेक्सन

kharibot

मुम्बई । बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको अक्षयकुमार को फिल्म मिशन मंगलले पहिलो तीन  दिनमा रेकर्ड कलेक्सन गरेको छ ।

विहिबार रिलिज भएको फिल्मले तीन दिनमा ७० करोड कलेक्सन गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 

मिशन मंगलले रिलिजको पहिलो दिन २९ करोड १६ लाख कलेक्सन गरेको थियो भने दोस्रो दिन शुक्रबार १७ करोड २८ लाख र तेस्रो दिन शनिबार २३ करोड ५८ लाख कलेक्सन गर्दै तीन दिनमा कुल ७० करोड २ लाख कलेक्सन गरेको छ ।

यो फिल्म अक्षयकुमारको क्यारियरकै पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । यो फिल्म भारतमा ३ हजार स्क्रिनमा रिलिज भएको छ ।

अक्षयको यस अघि रिलिज फिल्म २१०८ मा गोल्डले २५ करोड २५ लाख कलेक्सन गरेको थियो भने २०१६ मा रिलिज भएको रुस्तमले १४ करोड ११ लाख र २०१७ मा रिलिज भएको टवाइलेट एक प्रेम कथाले पहिलो दिन १३ करोड १० लाख कलेक्सन गरेको थियो ।

मिशन मंगल विज्ञान विषयमा बनेको पहिलो फिल्म मानिएको छ । फिल्मलाई विश्लेषकहरुले राम्रो समिक्षा दिएका छन् ।

यस फिल्ममा अक्षयका अलावा विद्या बालन, सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन् ।

फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् भने फिल्मलाई होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।

त्यस्तै १५ अगस्टमै रिलिज भएको जोन अब्राहीमको फिल्म बाटला हाउसले तीन दिनमा ३५ करोड कलेक्सन गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै